राजनीति

नेकपा एमालेले संसदीय दलको बैठक भोलि बिहान बस्दै


काडमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक भोलि बिहान बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहान ९ बजे बैठक बस्नेछ ।

भोलि नै संसद् अधिवेशन पनि आह्वान गरिएको छ । त्यसैको तयारीका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुनेछ । एमालेले भोलिको संसद् बैठक अवरुद्ध गर्ने संकेत देखाएको छ ।