खेलकुद

पीएनजी विरुद्ध नेपालले राम्रो शुरुआत



काठमाडौँ –पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले राम्रो शुरुआत गरेको छ ।

अहिलेसम्म ४ ओरको खेल सकिँदा १० रन बनाएको पीएनजीले २ विकेट गुमाइसकेको छ । नेपाललाई दुवै सफलता आजै डेब्यु गरेका बिक्रम सोबले दिलाएका हुन् ।

नेपालको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका विक्रमले पहिलो बलमै विकेट लिँदै नेपाललाई सफलता दिलाएका थिए । पीएनजीका ब्याट्सम्यान टोनी उरालाई आउट गरेका हुन् । टोनीले ३ बल खेल्दै १ रन बनाएका थिए ।

त्यसपछि चौथो ओभरमा असद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए । भाला चार रन बनाएर आउट भए ।