राजनीति

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय


काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । त्यसैगरी दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।