समाचार

पहिलो दिनमा नै नेप्सेमा पहिरो, दुई घण्टमा नै ५ प्रतिशतले घट्यो


काठमाडौँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । नेप्से सुरु भएको दुई घण्टामा नै ५ प्रतिशत घटेको छ।

बजार खुलेको दुई घण्टामा नै नेप्से १ सय ४७.३१ अंकले घटेर २ हजार ७ सय ७९.६८ विन्दुमा झरेको छ।

३२ कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागिसकेको छ। अझै दर्जन बढी कम्पनी आफ्नो सेयर मुल्य नेगेटिभ सर्किट लाग्ने दिशामा देखिएका छन्।

उप समूहको सूचकतर्फ विकाश बैंकको करिब ९ प्रतिशत, फाइनान्सको साढे ९ प्रतिशत र जल व्दियुतको ८ प्रतिशतभन्दा बढी घटेको छ। शेयर कर्जामा कडाइ गरिएसँगै त्यसको गम्भीर प्रभाव पुँजी बजारमा देखिएको छ।

आइतबार सानिमा लाइफ इन्सुरेन्स र मनकामना लघुवित्तको मात्र सेयर मुल्य बढेको छ। केही साता अघि नेप्सेले ३२ सय विन्दु पार गरेको थियो ।