देश

करिब पाँच महिनादेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो


काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि करिब पाँच महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

भिडभाड नगर्न अनुरोध गर्दै जारी निषेधाज्ञा हटाइएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछन ।