राजनीति

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाँदै


काठमाडौँ – नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्ने तयारी गरेको छ ।

आज अपराह्नसम्ममा अदालत पुग्ने गरी तयारी भइरहेको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधि सभाका सभामुख र निर्वाचन आयोगले कानून विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा (एमाले) अदालत जाने निर्णय गरेको थियो ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत जान लागेको हो ।

त्यस्तै, निर्वाचन आयोगले कारबाहीमा परेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भन्दै एमाले अदालत जाँदै छ ।