खेलकुद

पीएसजीमा मेसीको डेब्यु, एम्बाप्पेको दुई गोल


काठमाडौँ – लियोनल मेसीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।


पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए । उनले पहिलो गोल १६ औं मिनेटमा गरेका थिए भने दोस्रो गोल ६३ औं मिनेटमा गरेका थिए । नयाँ सिजन पीएसजी आएका मेसीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेसीले ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।

जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।