राजनीति

प्रधानन्यायाधी राणाविरुद्धको मुद्धा संवैधानिक इजलासमा


काठमाडौँ – प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध संवैधानिक इजलासमा पेशी चढेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटको पेशी चढेको हो।

संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। संवैधानिक इजलासमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी नौ थान मुद्दा छन्।

उक्त अध्यादेशविरुद्ध पहिलो रिट १ पुसमा दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। यस्तै संवैधानिक इजलासमा दल विभाजन सम्बन्धी अध्यादेशको पनि पेशी तोकिएको छ।