देश

‘क्या जमाना आ’ को पहिलो भाग नै ट्रेन्डिङमा पर्न सफल


काठमाडौँ – हास्यकलाकार तथा निर्देशक सीपी पुडासैनीको निर्देशन रहेको टेलिशृङ्खला ‘क्या जमाना आ’ को दोस्रो सिजनको पहिलो अंक नै ट्रेन्डिङमा पर्न सफल भएको छ । युट्युब को शीर्ष ४७ नम्बरमा पर्न सफल उक्त टेलिशृङ्खला योहो टेलिभिजनबाट सोमबार राति ९ बजे योहो प्रसारण हुने गर्छ ।

दर्शकमाझ लोकप्रिय टेलिशृङ्खलामा धतुरे बाको नामबाट परिचित कलाकार सीपी पुडासैनीको लेखन तथा निर्देशन रहने शृङ्खलले सामाजिक बिकृति तथा विसंगती र राजनैतिक विषयमा व्यङ्ग्य प्रस्तुत गर्नेछ ।

केशव सापकोटा शृङ्खला निर्देशक रहेको शृङ्खलामा सिपी पुडासैनी, शेखर चापागाईँ, केशव सापकोटा, सीताराम दाहाल, जगदीश अधिकारी, जोत्स्ना सुवेदी, दिपु खड्का, आयुष लामा, रश्मी श्रेष्ठ, एलीना श्रेष्ठ, श्याम कार्की, नविन निरौला, आयुषा कार्की लगायतका कलाकारको अभिनय रहनेछ । शर्मिला चौलागाईं निर्माता रहेको शृङ्खला माता पिता प्रोडक्सनले तयार पारेको हो ।