बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब ९ करोड बराबरको कारोबार


काठमाडौँ – नेपाली शेयर बजार मापक नेप्से परिसुचकमा लगातार दोस्रो दिन पनि उच्च अंकको गिरावट आएको छ । बुधवार नेप्से ४८.४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४५ विन्दुमा थामिएको छ । त्यस्तै, बुधवार कारोबार रकममा पनि गिरावट आएको छ । आज १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

मंगलबार १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । बुधवार कारोबार भएका सबै समूह घटेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा जीवन विकास लघुवित्त वित्तिय संस्था र आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको हो ।