बिजनेस

धितोपत्र बोर्डमा नबस्ने भन्दै ढकालले लेखे महासंघ अध्यक्षलाई पत्र


काठमाडौँ – नेपाल धितापत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।

आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिएका छन् ।