राजनीति

अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री बन्दै

राजीनामा दिने तयारीमा डोरमणि


काठमाडौँ – नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ ।

हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमालेका एक प्रदेश सभा सदस्यले जानकारी दिनुभयो । शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नेछिन् । शाक्य यसअघि नेपाल पक्षमा थिइन् । तर, नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन् ।