खेलकुद

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, पहिलो खेलमै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा


काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ । त्यही दिन दोस्रो खेल बङ्गलादेश र स्कटल्यान्डबीच हुनेछ । त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ ।

टी–२० विश्व कप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो । तर कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय क्रिकेट बोर्डले यसलाई यूएई र ओमानमा स्थानान्तरण गरेको थियो । प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् ।

सुरुवाती आठ टोलीमा बङ्गलादेश, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुआ न्युगिनी छन् । टी–२० विश्व कपको फाइनल नोभेम्बर १४ मा हुनेछ । सन् २०१६ पछि पुरुष टी–२० विश्व कप आयोजना गरिएको यो पहिलो पटक हो । यसअघि सन् २०१६ मा कोलकातामा खेलिएको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो ।