खेलकुद

प्रिमियर लिगका ६ वटा ठुला क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता


काठमाडौँ – प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् ।

संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ ।

पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए । अब युरोपियन सुपर लिगमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस् मात्रै छन् । युरोपियन सुपर लिग प्रतियोगिताको यसअघि आलोचना हुँदै आएको थियो ।