बिजनेस

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी


काठमाडौँ – ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिृकतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी करीब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेका छन् । ग्लोबलमा २०६५ सालमा नायब प्रबन्धकबाट प्रवेश गरेका हुन् । उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।