बिजनेस

साताको पहिलो दिन सुनको मूल्यमा भारी वृद्धि


काठमाडौँ – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

गत शुक्रबार ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार १ हजार रुपैयाँले वृद्धि हुँदै ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । आज चाँदीको पनि मूल्य बढेर एक हजार २०५ रुपैयाँ पुगेको छ ।