अर्थनीति

श्वेतपत्रमाथि विष्णु पौडेलको टिप्पणी : तथ्य एकातिर र निस्कर्ष अर्कोतिर


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उहाँले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो ।

उहाँले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताउनुभयो । उहाँले २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो ।

नेता पौडेलले अघिल्लो सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्यो भन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौति दिनुभयो ।