कोरोना विशेष

उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानमा कडाइ गर्दै ट्राफिक प्रहरी


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग अनिवार्य भएकोले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्लेकार्ड, तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताउनुभयो ।

उहाँले हातमा प्लेकार्ड बोकेर हिँड्दा काममा अवरोद्ध हुने भएकोले शरीरमा फित्ता लगाउने अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले अनावश्यक ठाउँमा हर्न बजाउने ड्राइभरलाई कारबाहीको दायरमा ल्याउने बताउनुभयो ।