देश

एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा काठमाडौँको चाबहिलमा शाखा विस्तार


काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँको चाबहिलमा शाखा विस्तार गरेको छ । सर्वसाधारणको आकर्षणलाई मध्यनजर गरी आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो ४२ औं शाखा चावहिलमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाखाको उदघाटन गर्दै कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले ग्राहकवर्गको सहजता र सुरक्षालाई ध्यानमा राखएिको बताउनुभयो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरल किसिमले बीमाशुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उहाँको भनाई छ ।

समाजमा छरिएर रहेको स–साना बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले जानकारी गराउनुभयो । व्यवसाय विस्तार मात्रै नभई समाज सेवाको भावनाले पनि एशियन लाइफ इन्स्योरेन्स अघि बढेको चाबहिल शाखाका प्रवन्धक अशोक गिरीले जानकारी दिनुभयो ।