खेलकुद

टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिललाई


काठमाडौँ – टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । आज भएको फाइनल खेलमा स्पेनलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । खेलको १०८औं मिनेटमा ब्रजिलका लागि माल्कमले गोल गर्दै स्वर्ण पदक सुनिश्चित गराए । त्यसअघि खेलको पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा म्याथ्युस कुन्हाले गोल गर्दै ब्रजिललाई अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा स्पेनका माइकल ओयारर्जाबलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटसम्म कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयतर्फ गएको थियो ।