खेलकुद

पुरुष बास्केटबलको स्वर्ण पदक अमेरिकालाई


काठमाडौँ – जारी टोकियो ओलम्पिकमा पुरुष बास्केटबलको स्वर्ण पदक अमेरिकाले हात पारेको छ ।

फ्रान्सलाई ८७–८२ अंकले पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अमेरिकाले २२–१८ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २२–२१, तेस्रोमा २७–२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९–१६ ले पछि परेको थियो । यससँगै अमेरिकाले लगातार चौंथो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । यस्तै ३८ स्वर्णसहित चीन जारी ओलम्पिकको खेल तालिकाको शिर्ष स्थानमा रहेको छ भने अमेरिका ३४ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ ।