देश

पिभीद्वारा अस्पताल परिसरमा सफाई


काठमाडौँ – नेकपा एमालेका माधव नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पिभी)ले काठमाडौँको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ ।

‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान अन्तगत पिभीले आज बिहान सो अस्पताल परिसरमा सफाई अभियान संचालन गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका फोहोरमैला सफाई गर्ने अभियान अन्तरगत त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट सफाई अभियान सुरु गरिएको हो ।

पिभीले यो अभियान सबै स्थानीय तह र सबै प्रदेशमा संचालन गर्ने योजना समेत तय गरेको छ ।