राजनीति

माधव नेपाल भन्छन् – ओलीले जति गाली गरे पनि पार्टी एकताको पक्षमा छु


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताउनुभएको छ । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकतामा प्रतिवद्ध रहेको बताउनुभयो ।

बैठकले दशबुँदे सहमति र एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ भने सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन जस्ता एकपक्षीय गतिविधिहरु रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।

नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा शुक्रबार ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । त्यसपछि स्थायी कमिटी बैठक बसेपछि नेता नेपालले सम्बोधन गर्नुभएको थियो ।