राजनीति

माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, सुरेन्द्र पाण्डे पनि सामेल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बिहीबारबाट बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको नेपाल समूहको आजको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन्।

बिहीवार बसेको बैठकमा अधिकांश नेताहरुले सम्माजनक एकतामा जोड दिनुपर्ने बताएका थिए। केन्द्रीय सदस्यहरुले अध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवादमा सम्मानजनक रुपमा सहमति गर्न सुझाएका थिए। नेपालले भने अहिले कै अवस्थामा ओलीको नेतृत्व रहेसम्म मिलेर अघि बढ्न सक्ने अवस्था नरहेको ब्रिफिङ गरेका थिए। बिहीवार ७३ जना केन्द्रीय सदस्य सहभागी बैठकमा पाण्डे र योगेश भट्टराई उपस्थित थिएनन्।