खेलकुद

भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्याण्डको खराव सुरुवात


काठमाडौँ – भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्याण्डले खराव सुरुवात गरेको छ । पहिलो इनिङमा इंग्ल्याण्ड १ सय ८३ रनमा समेटिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड १ सय ८३ रनमा अल आउट भयो । इंग्ल्याण्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौकासहित सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । भारतका लागि तिब्र बलर जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए ।

जवाफी इनिङ सुरु गरेको भारत पहिलो दिनको खेल सकिँदासम्म २१ रन बनाएर अविजित रहेको छ । भारतका ओपनर रोहित शर्मा र केएल राहुल समान ९–९ रन बनाएका छन् । दुवै अविजित रहेका छन् ।