देश

गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ


काठमाडौँ– काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाबाट प्रहरीले एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर रहेका छन् ।