खेलकुद

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी


काठमाडौँ – राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको भन्दै प्रशिक्षक अलमुताइरीले केही दिनअघि फ्यानलाई सम्बोधन गर्दै सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेका थिए ।

तर उनले आधिकारिक रुपमा राजीनामा पत्र भने बुझाएका थिएनन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।