बिजनेस

सामान्य अंकले बढ्यो नेप्से, झन्डै ११ अर्ब रुपैयाँको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४.०६ अङ्कले बढेर तीन हजार ८५ दशमलव ०७ विन्दुमा पुगेको छ । आज दुई सय २६ कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली जलविद्युतको ३७ करोड ७५ लाख र युनिभर्सल पावर कम्पनीको ३५ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । त्यस्तै आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ ।

होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर घटेको छ । आज घलेम्दी हाइड्रो र गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै फर्स्ट माइक्रोफाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेपाल हाइड्रो र युनाइटेड मर्दी जलविद्युत् समूहको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।