खेलकुद

एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा


काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार उहाँले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो ‘।

यस्तै प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्नुहुने भएको छ ।