राजनीति

महाधिवेशनको प्रक्रिया शुरु गर्न नेता शेखर कोइरालाको आग्रह


काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया शुरु गर्न माग गरेका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइरालाले बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको बताएका छन् । उनले महाधिवेशन नभए पार्टीको वैधानिकता समाप्त हुनेसमेत बताएका छन्।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि कोरोना र क्रियाशीलमा विवाद रहेको भन्दै उक्त महाधिवेशन पर धकेल्ने तयारी गरिरहेको छ।