देश

अब टोकला मसला चिया नयाँ आकर्षक प्याकमा


काठमाडौँ – नेपाल चिया विकास निगम लिमिटेडले बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यलाई फाइदाजनक रहेको कम्पनीको दाबी छ ।

साथै नयाँ प्याकको चियामा अदुवा, सुकमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीले बताएको छ ।