मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’को उत्कृष्ट ८ मा सोनाम शेर्पा, कस्ले मार्ला बाजी ?


काठमाडौँ – रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उत्कृष्ट ८ मा सोनाम ग्याल्छो शेर्पा पनि छानिएका छन् । योसँगै आगामी शुक्रबार उत्कृष्ट ८ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ ।

टीम दीपबाट आर्यन तामाङ र गोभिन पुनबीच प्रतिस्पर्धा हुनेछ भने टीम राजुबाट सोनाम ग्याल्छो शेर्पा र तारा श्रीषबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, टीम प्रमोदबाट किरण गजमेर र रवि गहतराजबीच प्रतिष्पर्धा हुनेछ भने टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच प्रतिस्पर्धा हुनेछ ।

अघिल्लो साताबाट लाइभ राउण्डका एपिसोडहरु प्रसारण भएको हो । योसँगै दर्शकका लागि भोटिङ राउण्ड पनि खुला भएको छ । ब्लाइण्ड अडिसनदेखि हालसम्म कसलाई अगाडि बढाउने भन्ने अधिकार कोचलाई थियो । तर, अब भने नितान्त दर्शकको भोटका आधारमा प्रतिस्पर्धा अगाडी बढ्ने छ । चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् । प्रभु पे को एप डाउनलोड गरी प्रतिष्पर्धीलाई भोट गर्न सकिनेछ ।

सहयोगको लागि सोनामको अपिल

सोनामले सबै सहयोगीलाई धन्यवाद दिंदै शुक्रबारको एपिसोडको लागि पुनः आफुलाई भोटको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गरेका छन् ।

‘हजुरहरु सबैमा नमस्कार टाशिदले, सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले टप ८ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखी नै धन्यवाद तथा आभार प्रकट गर्दछु ।’ आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी नै छ मेरो । त्यसमा पनि तपाईहरुको साथ माया र स्नेह भुल्न नसक्ने छ । हुन म अहिले के नै पो दिन र सक्छु र धन्यवाद शिवाय । यस्तै साथ सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउाको नाम राख्न सक्नेछु भन्ने विश्वास ममा भरिएको छ तपाईहरु आदरणियले गर्दा ।’

‘तपाईहरुको मतको अगाडी मेरो धन्यवाद पनि सानो हुन सक्छ तर पनि आफ्नै छोरा दाजुभाई सम्झेर यस्तै यस्तै अझ धेरै माया गरिदिनुहोला । हिजोको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनु होला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ । टप ७ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुला मेरो विशेष आग्रह छ ।’ सोनामलाई भ्वाइस अफ नेपालको स्टेजमा फेरि पनि देख्न चाहनुहुन्छ भने भोट अत्याधिक गर्नुहोस् ।’ नेपालबाट म्यासेज वक्समा गएर ११ टाइप गरी ३७००० मा पठाउनु होला ।
सोनामलाई उपाधि जिताउनका लागि शेर्पा कलाकार संघले भोटको अपिल गर्दै सोनाम शेर्पा जिताउ अभियान सुरु गरेको छ । संघले सोनामको पोष्टर र होर्डिर्बोड बनाई भोटको अपिल समेत गरेका छन् ।

सोनाम ग्याल्छो शेर्पालाई भोट गर्ने तरिका

१. नेपालदेखि भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई ११ टाइप गरि ३७००० मा सेन्ड गर्नुपर्छ ।
२.प्रभु पे को एप मर्फत पनि भोट गर्न सकिनेछ