बिजनेस

सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी नर्भिक हस्पिटलको


काठमाडौँ – प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको छ । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपमान्तरण भएसँगै नर्भिकले यस्तो तयारी गर्न लागेको हो ।

कम्पनीले नयाँ संचालक समितिको पनि चयन गरेको छ। यो समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ।

नर्भिकले नयाँ सञ्चालक समितिको चयन गरेको छ । नवनियुक्त संचालक समितिमा राजेन्द्रबहादुर सिंह अध्यक्षमा रहेका छन्। यसअघि अध्यक्ष सिंह नर्भिकको कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन्।

स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन्। कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छन्। संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन।

उनका अनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा.मधु घिमिरे, डा.पंकज जलान, एम.डी.अग्रवाल रहेका छन्। संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन्।