देश

बाजुरामा आफ्नै बाबुबाट १४ वर्षीय बालिका बलत्कृत


काठमाडौँ – बाजुराको एक गाउमा आमा गाईवस्तु चराउन गएको मौकामा १४ वर्षीया छोरीलाई बाबुले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटना बाहिरिएसँगै बलात्कार गरेको कसुरमा जिल्ला अदालत बाजुराले बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ।

जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले छोरीलाई जबरजस्ति करणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात् २५ वर्ष कदै र ५० हजार नगद जरिवाना तोकेको छ।

बालिकाका अनुसार घरमा कोही नभएको बेलामा आफूमाथि बाबुले करणी गरेको बताएकी छन् । बालिका महिनावारी हुन लागेको १ वर्ष भएको थियो।

यो घटना बाहिरिएसँगै मीडित बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जबरजस्ति करणी र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो।

बालिका स्थानीय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा गर्न जाँदा स्वास्थ्यकर्मीले बच्चा रहेको बताएको थियो ।