अर्थनीति

अब सेयर मूल्य प्रि-ओपनिङमा दुई प्रतिशतसम्म मात्रै घटबढ


काठमाडौँ – अब दोस्रो बजारको प्रि-ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले बतानुभयो ।

लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने क्रममा धितोपत्र कारोबार सञ्चालन नियमावली संशोधन गरिएको पराजुलीको भनाइ छ । संशोधित व्यवस्था आइतबारको कारोबार समयदेखि नै लागू हुनेछ ।

यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि संशोधन गरेर १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरिएको छ । हालसम्म उक्त मूल्य परिवर्तन सीमा १ रुपैयाँ थियो ।