अटो

नाडाद्वारा अर्थमन्त्री शर्माको ध्यानाकर्षण


काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधन आयातमा देखिएका समस्या समाधान गर्न नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गरेको छ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्री शर्मासँग भेट गरी समसामयिक विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ।

भेटका क्रममा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको बताउँदै सवारी साधन आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याबारे धारणा राखेका थिए। साथै अध्यक्ष दुलालले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरूका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन पनि आग्रह गरेका थिए।

यस्तै, उपाध्यक्ष करण चौधरीले नेपाल राष्ट्र बैंकले सवारी साधनको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक वर्ष २०७३र७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घट्न थालेको बताए।