देश

बूढानीलकण्ठ सडकको मर्मत सुरु


काठमाडौँ – महाराजगञ्ज–बूढानीलकण्ठ सडक–खण्डको आवधिक मर्मत सुरु भएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले सडकमा परेका खाल्डाहरु पुर्ने काम मंगलबारबाट सुरु गरेको छ । वर्षायाममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेको छ ।

स्थानीयले नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउबाको निजी निवास जाने सडक भएकाले बल्ल सडक विभागले चासो दिएको भन्दै सामाजिक सञ्जालमा ब्यंग्य समेत गरेका छन् । लामो सयमदेखि सडकमा हिलो र धुलोको सकस थियो ।

देउबालाई प्रधानमन्त्री नियुक्त गर्न सर्बोच्चले दिएको आदेशसंगै महाराजगञ्ज–बूढानीलकण्ठ सडक–खण्डको धमाधम मर्मत हुन थालेको छ । मेलम्ची खानेपानीको पाइप र विद्युत प्राधिरकणको तार भूमिगत गर्दा सडक खनिएको थियो ।