अर्थनीति

उद्योग परिसंघद्वारा आर्थिक गतिविधि सुचारु गराउन आग्रह


काठमाडौँ – नेपाल उद्योग परिसंघले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो उपलब्ध गराएर आर्थिक गतिविधि सुचारु गराउन आग्रह गरेको छ ।
आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई दिएको सुझाव बारे पत्रकारसँग कुरा गर्दै अध्यक्ष शतिस कुमार मोरले मौद्रिक नीतिमा आर्थिक गतिविधि चलायमान बनाउन खोपको सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

साथै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको ब्याजदरलाई एक अंकमा स्थिर राख्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको अध्यक्ष मोरले बताउनुभयो । आागामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो हप्ता सार्वजनिक गरिदैँछ । उद्योग परिसंघ सँगै उद्योग वाणिज्य महासंघ, चेम्वर अफ कमर्स र बैंकर संघले राष्ट्रबैंकलार्य सुझाव दिइसकेका छन् ।