अर्थनीति

नेप्सेमा ५ अंकको गिरावट


काठमाडौँ – आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२४ अंकले घटेको छ ।

कारोबार रकम घटेदेखि नै ओरालो लागेको बजार अन्तिममा २८ सय १८ अंकमा आएर रोकिएको हो । यस क्रममा आज ४ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो पछिल्लो दुई महिना यताकै न्यून कारोबार हो ।

यस्तै आज एक करोड एक लाख कित्ता सेयर किनबेच भएको छ ।