बिजनेस

नेपालमा कृषि उपजको खरिद बिक्री अब शेयर बजारमा जसरी

कमोटिटी बजारमा क्रेता र बिक्रेता एकै ठाउँमा भेला भएर वा नभएर तत्काल वा भविष्यमा हस्तान्तरण गर्ने गरी वस्तुको किनबेच गरिन्छ ।


काठमाडौँ – नेपालमा कृषि उपजको बिक्री हालसम्म थोक तथा खुद्रा बजारबाट हुँदै आएको छ । तर अब नेपालमा यस्तो मार्केट आउदैछ जसले कृषि उपजको खरिद विक्री वैज्ञानिक तवरबाट हुने छ । कमोडिटी मार्केट अर्थात बस्तु बजारमा लगानीको ढोका खुल्यो भने कृषि उपजमात्र हैन धातु जन्य बस्तुको पनि कारोबार हुने छ ।

कमोडिटी एक्सचेन्ज कम्पनी खोल्न र त्यसलाई व्यवस्थित गर्नका लागि बोर्डले ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका २०७८’ जारी गरी सकेको छ । जुन मार्केटमा बस्तुहरुको कारोबार हुने छ । यानिकी शेयर बजारमा कम्पनीहरुको कारोबार भए जसरी गत जेठमा निर्देशिकाको मस्यौदा सार्वजनिक गरी सरोकारवालाहरुसँग सुझाव मागेको नेपाल धितोपत्र बोर्डले निर्देशिका कार्यान्वयनमा ल्याएको छ। निर्देशिका जारी भएसँगै कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने बोर्डको तयारी छ।

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि कम्तीमा डेढ अर्ब र बढीमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ । कमोडिटी अर्थात वस्तु विनिमय भन्नाले त्यस्ता ब्रान्डिङ नगरिएका वस्तुहरु हुन्, जसलाई उत्पादन, किनबेच र उपभोग गर्न सकिन्छ । उदाहरणका लागि गहुँ, सुन, चाँदी, कच्चा तेल, तामा, चिया, कफी आदिको किनबेच हुन्छ । यस्तो किनबेच विद्युतीय माध्यमबाट उपभोक्ताकोमा पुग्ने गरी गरिन्छ । विदेशमा गहुँ, तेल, सुन, चाँदी आदि कारोबार भएपनि नेपालमा यसरी चिया, कफी, तरकारी, सुन्तला, धानजस्ता वस्तु किनबेच हुन सक्ने विज्ञ बताउँछन । कमोटिटी बजारमा क्रेता र बिक्रेता एकै ठाउँमा भेला भएर वा नभएर तत्काल वा भविष्यमा हस्तान्तरण गर्ने गरी वस्तुको किनबेच गरिन्छ ।

नेपालमा २०६३/६४ साल देखि कमोडिटी एण्ड डेरिभेटिप माकेर्ट सुरु भएको थियो तर नियमनको दायरामा नआएको भनेर १० बर्ष पछि २०७४ सालमा अवैध भन्दै सरकारले बन्द गरेको थियो । तर यति बेला सरकारले नियमनको दायरामा ल्याएदै नेपाल धितोपत्र बोर्डलाई सम्पुर्ण जिम्मा दिएको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गर्दै बोर्डले बस्तु बजारलाई प्रथमिकता दिदै चाडै सन्चालनको अनुमति दिओस् ।