बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको तेस्रो दिन मंगलबार उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४७ दहमलव ५० अंकले घटेर दुई हजार ८ सय २८ विन्दुमा थामिएको छ । नेप्सेका अनुसार मंगलबार ६ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । त्यसैगरि, आज तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्टोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र बेष्ट फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।