राजनीति

अराजक बन्नु ओलीको रहर नभइ बाध्यता

??????????????? ??????????????? ????????????????????? ?????????????????????????????? ????????????????????? ????????????????????? ????????????????????? ???????????? ????????? ????????? ???????????? ?????????????????????, ???????????? ??? ???????????????????????????????????? ???????????? ??????????????? ??????????????? ?????????????????? ????????????????????? ??? ???

योहो संवाददाता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर देशमा अस्थिरताको खेल चलाएका छन् । जसलाई प्रचण्ड–माधवसहितको विपक्षी गठबन्धनले देश नै संकटतर्फ धकेको भन्दै प्रतिवाद गरिरहेको छ । तर अहिले जुन अवस्था निम्तीएको छ, यसको कारक प्रचण्ड–माधवलाई लिन सकिन्छ ।

झण्डै तीन वर्षअघि अर्थात् २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लागिरहेको थियो, अबको साढे दुई वर्षपछि देशको प्रधानमन्त्री बन्छु । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग आलोपालो सम्झौता गरेर पार्टी एकिकरण गरेका प्रचण्डले पार्टी र सरकारको नेतृत्व गर्न पाए, एमाले पार्टी नै कब्जाको गर्ने रणनीति बनाएका थिए । एमालेसँग एकिकरण गर्नुअघि आफ्नै पार्टीभित्रको टुटफुट र सहयोद्धाहरुको बहिर्गमनले राष्ट्रिय राजनीतिमा समेत कमजोर र ओझेलमा पर्दै गएका प्रचण्डलाई ओलीसँग ६०/४० को भागबन्डा मिलेपछि नै शक्तिमा आउने हुटहुटी बढेको थियो । तर उनको सपना त्यतिबेला चकनाचुर बन्यो, जतिबेला पाँच वर्ष नै केपी ओलीले सरकारको नेतृत्व गर्ने गरि सम्झौता गरे ।

तत्कालिन अवस्थामा ओलीको शिथिल बन्दै गएको स्वास्थ्य अवस्था र त्यसको परिणामको आश गरिरहेका प्रचण्डलाई विस्तारै ओलीको सक्रियताले प्रधानमन्त्री बन्न पाईदैन भन्ने लागेपछि पार्टीभित्र विद्रोह गर्न थाले । एमालेकै माधव पक्षलाई आफ्नो कित्तामा सामेल गराउन सफल भएका प्रचण्डको चरम सत्ता मोहकै कारण ओलीसँग टकराव चुलिएपछि पहिलो प्रतिनिधिसभा विघटन र नेकपा खोरजसम्मका दृश्यहरु देखिए । अहिले दोस्रोपटक प्रतिनिधिसभा विघटन भएर देश यो अवस्थामा आईपुगेको छ । जसले पनि देखाउँछ देशमा संकट निम्तीनुका पछाडी ओलीको भूमिका जति छ, प्रचण्ड–माधवको पनि उत्ति नै छ ।

ओली जस्तै चरम सत्ता भोकको अभिषालाले प्रचण्डलाई आकुलब्याकुल बनाउन थालेपछि उनी विद्रोहमै जानुपर्छ भन्ने पक्षमा उभिएका थिए । उनको पक्षमा सशक्त बनेर माधव नेपाल उभिएका छन् । कुनै दिन प्रचण्डबाट विषबृक्षको उपाधी पाएका माधव नेपाल अहिले विश्वास पात्र बनेका छन् । शनिबार त, ओलीसंग कुनै पनि हालतमा नमिल्ने र अझै विद्रोही भएर बस्ने घोषणा नेपालले गरेका छन् । जबकी १५ वर्ष एमालेको नेतृत्व उनैले गरेका थिए । नेपाल पार्टीको महासचिव भएर नेतृत्व गर्दा २०५२ मा शेरबहादुर देउवासँग मिलेर महाकाली नदि भारतलाई जिम्मा लगाउन भूमिका खेलेका थिए ।

२०६३ तिर गिरिजाप्रसाद कोइरालासँग मिलेर ३० लाख अंगिकृत नागरिकलाई नागरिकता दिन अहम योगदान दिएका नेपालले २०५४ मा आएर त पार्टी नै विभाजन गर्न सफल भए । बरु ओली २०७२ मा नाकाबन्दी विरुद्ध लडे भने राष्ट्रिय सहमतिका साथ चुच्चे नक्शा जारी गर्न सफल बने । नवौं महाधिवेशनमा ओलीसंग पराजित भएपछि नेता नेपाल पदविहिन बनेका छन् । ओलीको पेलनमा परेपछि विद्रोह थालेका नेपाललाई अहिले पार्टीबाट निष्काशित गरिएको छ । आफैले बनाएको पार्टीमा निष्काशित हुनु पर्दाको पीडाकै कारण विपक्षमा क्रियाशिल भएर आगो ओकलिरहेका छन् ।

आफ्नै घर भत्काएर नेता नेपाल जुन दिशामा अघि बढेका छन्, त्यहाँ पनि उनको समाप्ती देखिन थालेको छ । अहिले मजबुत विपक्षी गठबन्धनबाट सरकारको नेतृत्व देउवाले गर्न पाए पनि फेरि प्रचण्ड, माधव र बाबुरामहरुका कारण शक्ति टकराव चुलिने निश्चित छ । अहिले ओलीले एकलौटी गरेको क्रियाहरु उनीहरु झनै बाझाबाझ गरेर सतहमा ल्याउने छन् । किनकि अहिले उनीहरुबीच देखिएको मिलन पद नपाउँदासम्मका लागि मात्रै हुनेछ ।

अहिले माधव नेपाललाई प्रधानमन्त्री वा पार्टीको अध्यक्ष बन्ने भूत सवार भएको छ । विधि अनुसार अध्यक्ष बन्न अर्काे महाधिवेशन पर्खिनुपर्छ, प्रधानमन्त्री हुन सांसद जितेर आउनुपर्छ । तर नवौं महाधिवेशन पनि पराजित भएर थन्किएका उनी आफु बन्न नपाएपनि ओलीसंग सत्ता खोस्ने मानसिकतामा छन् । यसैकारण न्यूटल अवस्थामा बसेका देउवालाई प्रधानमन्त्रीको सुनिश्चिता देखाएर प्रचण्ड–माधवले नयाँ खेल शुरु गरेका हुन् । त्यसैले, छ महिनाको अवधिमा दुईपटक प्रनितिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जुन गल्ती गरेका छन्, त्यो गल्तीको भागिदार प्रचण्ड–माधवहरु पनि हुन् ।