देश

बालेनको डिफेन्समा रवि, गगनले भने ‘ठालू’, सुनसरीले किन भेटेन प्रधानमन्त्री ? गृहमन्त्री पनि गुप्तवास ! भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– आइतबार राति सुनसरीमा दुई समुदायबीच भएको झडपले सिर्जित तनावपूर्ण अवस्थाले अहिले सिंगो देशको ध्यान केन्द्रित गरिरहेको छ । डिजे बजाएको घटना निहुँ भए पनि केही दिन पहिलेदेखि नै झण्डा राखिएको विषयले भुसको आगोसरी सल्कीरहेको तनाव भौतिक रुपमै पोखिँदा सुरक्षा निकायको भूमिकामा गम्भीर प्रश्न उठेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक राज्यको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भयो । ९ जना घाइते छन् । दर्जनौँ सुरक्षाकर्मी समेत घाइते भएका छन् । मंगलबार राति दुई घण्टा स्थिति अत्यन्तै तनावपूर्ण बनेयता १० क्षेत्रमा लगाइएको कफ्र्यु कायम छ । आइतबार रातिबाट सुरु भएको घटना बुधबारसम्म पनि पूर्णरुपमा साम्य हुन नसक्दा यसले निम्त्याउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त भइरहेको छ । त्योभन्दा पनि धेरै सो क्षेत्रमा शान्ति स्थापनाका दलागि भएका सरकारी पहल पर्याप्त हुन नसक्दा राज्य अभिभावकबिहीन बनेको हो ? भन्नेसम्मका प्रश्न समेत उठ्न थालेका छन् । स–साना घटनामा प्रतिक्रिया जनाइहाल्ने प्रधानमन्त्री बालेन्द्र शाह र प्रहरीको हवलदारी शैलीमा जहाँ पनि पुगिहाल्ने गृहमन्त्री सुधन गुरुङको यही बेला खोजी भयो । मंगलबारसम्म उनीहरु गुमनामजस्तै रहे । प्रधानमन्त्री बालेन्द्र शाहले तीव्र दबाबपछि मंगलबार रातिथ संयमता अपनाउन अपिल गरे पनि गृहमन्त्री भने अझै गुमनाम छन् । फेसबुकबाट गरिएको आह्वानभन्दा माथि उठ्न, कम्तिमा राष्ट्रिय सहमति चाहिने ठाउँमा आफैँ अघि बढ्न सुझाव आए । यी यावतथ् कारण उनको उनको नेतृत्वदायी र अभिभावकीय भूमिकामाथि नै प्रश्न उठिरहेको छ ।