देश

रविको बढ्दो रफ्तार, बालेनलाई सहयोग कि च्यालेन्ज ? राष्ट्रपतिदेखि विपक्षी दलसँग उठबस (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– देशको प्रधानमन्त्रीको कुर्सीमा बालेन्द्र शाह छन् । तर, जहाँ समस्या पर्छ संकट टार्न रवि लामिछाने अपि पर्छन् । समस्या बल्झाउँछन् बालेन शाह, टाल्न पुग्छन् रवि लामिछाने । काम बिगार्छन्, होस पु¥याउँदैनन् बालेन शाह । डिफेन्स गर्न पुग्छन् रवि लामिछाने । सरकार र पार्टी एकअर्काले चलाउने सहमति भए पनि पछिल्लो चार महिनाको अवधिमा सरकारको आलोचनाको भारी पार्टी सभापतिले मात्र बोक्नु परेको तितो सत्य यथार्थ हो । यसलाई केहीले सभापतिले देखाउनुपर्ने जिम्मेवारी देखाएको अर्थमा हेर्दा अर्के पक्षले भने समानान्तर प्रधानमन्त्रीका रुपमा हेरिरहेका छन् । सुनसरीको देवानगञ्ज घटना यसको ज्वलन्त उदाहरण बानेको छ । पुराना दलसँगको द्वेष, राग, प्रतिशोध सबै भुलेर प्रधानमन्त्री भन्दा एक कदम अघि सर्दै मलम लगाउन तदारुकता रविले देखाए । प्रधानमन्त्रीको कार्यशैलीको चौतर्फी विरोध हुँदा पनि छाती थापेर अघि उनै रवि देखिने गर्दा सरकारमाथि उठ्ने प्रत्येक प्रश्नको जवाफ पनि प्रवक्ता बनेर उनले नै दिने गरेका छन् । यो चार महिनाको अवधिमा रवि र बालेनबीचको भित्री मतभेद चरमचुलीमा पुगेको पनि स्पष्ट हुन थालेको छ । रवि पक्षका मन्त्री डा.स्वर्णिम वाग्ले होस् वा शिशिर खनालसँगको टसल मिलाउने बाध्यताले उनी हैरानीमा छन् । त्यस्तै आफू पक्षका मन्त्री सस्मित पोख्रेल, सुधन गुरूङको कामलाई नजर अन्दाज गरिदिँदा रवि पक्षको मन्त्रीको भने दोष थुपार्न प्रधानमन्त्री तल्लिन छन् । सुबुम्बासीबस्तीमा डोजर चलाउने देखि मन्त्रीको अधिकारमा हस्तक्षेप गर्ने बालेनको निर्णयले रविलाई सकसमा पार्दै आएको छ ।