देश

असार १८ देखि देशभरका सबै यातायात चलाउने यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी (विज्ञप्तीसहित)


काठमाडौँ – यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।

साथै सरकारले जोरविजोर प्रणलीमार्फत सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय अव्यवहारिक भन्दै तत्काल सच्याउनुपर्ने भन्र्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन् ।