देश

वृद्धलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ


काठमाडौँ – ८० वर्षीय वृद्ध आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पाँचखपन नगरपालिका–३ सिरिसे बस्ने ८० वर्षीय आइत बहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।