बिजनेस

असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने


काठमाडौँ – असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ । निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन् । हालसम्म देशभर ३५ लाख ५७ हजारले डिम्याट खाता खोलेका छन्। यस्तो डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य)को संख्या ७७ छ ।