बिजनेस

भोलिदेखि सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने


काठमाडौँ – भोलि (मंगलबार)देखि हप्तामा सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने भएका छन् । सोमबार बसेको काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सातै दिन इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) खुल्ने भएका हुन् । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मोबाइल तथा कम्प्युटर खोल्न सकिने छ ।

त्यस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रायोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

साथै काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ ।