खेलकुद

युरोकपमा दुई खेल हुँदै


काठमाडौँ – जारी १६औँ संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।
नकआउट चरणको खेल अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्नेछन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति पौने १० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । यस्तै आजको दोस्रो खेलमा बेल्जियम र पोर्चुगलले प्रतिस्पर्धा गर्ने छन् । यस्तै, स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती पौने १ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।