राजनीति

गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप हुँदैन : गृहमन्त्री पौडेल


काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताउनुभएको हो ।

उहाँले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो । संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताउनुभयो । मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफुकहाँ नआउनको लागि निर्देशन गर्नुभयो ।